Logo

Breaking News 1

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, कति पुग्याे ?



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३र३ रुपैयाँले बढेको छ ।इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची पठाएकाले त्यसैअनुसार भाउ बढाएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : ०१ बजे