Logo

कर्पोरेट

नेप्सेमा वृद्धि कारोबार रकममा भने निरन्तर घट्दो



काठमाडौँ । साताको तेस्रो दिन नेप्सेमा झिनो वृद्धि देखिएको छ । यसदिन २.९५ अंकले बढेर नेप्से दुई हजार ६३३.८७ बिन्दुमा बजार बन्द भएको छ ।

आज १३ मध्ये ८ उपसमूहमा सुधार देखिँदा ५ उपसमूहको शेयर भने घटेको छ । कारोबारमा आएका २४४ मध्ये ११७ वटा कम्पनीको शेयर बढेकोमा ११७ वटा कम्पनीको शेयर घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य भने स्थिर छ । कारोबार रकम भने निरन्तर घट्दो छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : २१ बजे