Logo

मुख्य समाचार

भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन


२१ मंसिर २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।

भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन् ।

उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वागत गरेका थिए ।

स्वयम्भूनाथ दर्शनपछि उनको बौद्धनाथ दर्शन गर्ने कार्यक्रम रहेको  छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे