Logo

मुख्य समाचार

आवश्यक तथ्यांक उपलब्ध गराउन सकिरहेका छैनौं : हेमराज रेग्मी



काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख हेमराज रेग्मीले तथ्यांकका प्रयोगकर्ताहरुलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउन नसकेको बताएका छन् ।

सोमबार नेपालमा एकल महिलाको विषयगत प्रतिवेदन सार्वजनिक गर्दै उनले  ऐनले  आदेश दिए पनि आफूहरुले सधैंभरी सबै तथ्यांक उपलब्ध गराउन नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीले बेला बेलामा गर्ने गणनाहरु थरिथरिका हुन्छन् । जसमा जनगणना, कृषि, औद्योगिक र आर्थिक गणना गर्छौं । अन्य सर्वेक्षणहरु पनि गर्छौं । यसैगरी देशको अर्थतन्त्रको मापन गर्नको निम्ती समेत जीडीपी निकाल्ने काम गर्छौं ।  तर हाम्रो क्षमताले प्रयोगकर्ताहरुलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउन सकिरहेका छैनौं ।’

साथै उनले तथ्यांकका प्रयोगकर्ता सरकार, निजी क्षेत्र र  सञ्चारजगत पनि भएको बताए । उनले यस्ता तथ्यांकहरु उपलब्ध गराउन आफूहरु प्रयत्नशिल रहेको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : १५ बजे