Logo

मुख्य समाचार

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन



मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–१२ वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन् ।

आइतबार हेटौंडा–१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्वार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन् ।

राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा–१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए ।

निर्वाचित भएपश्चात् हेटौंडा–१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ५१ बजे