Logo

Breaking News 1

तिहार सक्किएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो


२० कार्तिक २०८१, मंगलबार  

69
Shares

हेटौंडा । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन्  । भाइटिकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् ।

केही किसानले तिहारअघिनै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् । दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।

पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्रयाउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छा् । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ३१ बजे