Logo

खेलकुद

अल्ट्रा धावक सुमनलाई  फाउण्डेशनको सहयोग


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

 काठमाडौं । नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ ।

विगत दुई वर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवन भर सहयोग गर्ने बताएको छ । यसका लागि बर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ संगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडी भित्र पर्ने सम्भावना रहेको बताईन । राईको शारिरीक परिक्षणबाट उनी भित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।

धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई बर्ष पहिला फाउण्डेशनका पदाधिकारी संग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावक भित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।

फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वल्र्ड च्याम्पियनशिपमा सभागीहुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताए ।

छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ३० बजे