Logo

कर्पोरेट

शेयर अभौतिक गराउन मध्य भोटेकोशी जलविद्युतका ग्राहकलाई आग्रह


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ का रहेका छन् । 

सम्बन्धित शेयरधनीहरुले आफ्नो शेयर हितग्राही खातामा जम्मा गर्नका लागि शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं वा मध्ये भोटेकोशी जलविद्युत कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंका साथै आयोजना कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकमा सम्पर्क गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

त्यस्तै,  बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (साविक घुम्थाङ गाउँविकास र साविक मानेश्वर गाउँविकास समिति) का स्थानीय वाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई आफ्नो शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ३७ बजे