Logo

कर्पोरेट

यस वर्ष प्राइम बैंकले नगद लाभांश मात्र वितरण गर्ने


११ कार्तिक २०८१, आइतबार  

138
Shares

काठमाडौं । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

 गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी कल ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीको लाभांश घटेको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : २७ बजे