Logo

मुख्य समाचार

पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिकलाई सम्मान


११ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थय सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाडांैमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन्  ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

मन्त्री पाण्डेले भने, ‘आज हामी एउटा विशेष सन्दर्भले जोदिएका छौं । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दैछौं । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपादी  प्राप्त गरिसक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनुहुन्छ , उहाँले ४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नु भएको छ । उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानि विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे ।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे ।

उनले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे ।

अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीेहरु निकै आत्मिय रहेको भन्दै नेपाली विदयार्थीहरुलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनिहरुलाई आफूसँग जोडिन दिन समेत आगह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ११ : ०९ बजे