Logo

मुख्य समाचार

‘महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन’


९ कार्तिक २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गर्दै महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नागरिक समाजको प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका सक्ने भएका कारण आफू महिला अधिकार सुनुश्चित गर्नको लागि तत्पर रहेको बताएका हुन् ।

उनले भने, ‘सरकार र सम्बन्धित संस्थाहरु मिलेर समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गरी महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिक्षित गर्न, समान अवसरका लागि मार्ग प्रशस्त गर्न सकिन्छ । महिला सशक्तिकरण आवश्यक छ । र महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा म आफै दृढ विश्वस्त छु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु ।’

उनले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘त्यसैले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामुलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो सम्मेलन महिला र बालबालिकाको सशक्तिकरणमा ठुलो योगदान पुर्याउनेछ भन्ने आशा व्यक्त गर्दछु । महिला तथा बालबालिकाको सशक्तिकरणका लागि भएका समस्याहरुलाई उजागर गर्दै समाधानको बाटो पहिल्याउनेछ भन्ने आशा गर्दै तथ्यपरक प्रतिवेदन बन्नेछ भन्ने विश्वास लिन चाहान्छु,’ उनको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ११ : ११ बजे