Logo

कर्पोरेट

नबिल बैंकको नाफा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।

असोव मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँबाट घटेर ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ । जसले गर्दा नाफा बढाउन सहयोग गरेको छ ।

सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४२ प्रतिशत छ ।

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख १३ हजार रुपैयाँ छ।

बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ३७ बजे