Logo

कर्पोरेट

एनआइसी एसिया बैंकको नाफा कति ?



काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ८९.०६ प्रतिशतले कम हो । 

 बैंकको सञ्चालन नाफा ८८.७३ प्रतिशतले घटेका कारण बैंकको नाफामा ठूलो असर परेको छ । यस बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसा भएको छ । 

बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब ७४ करोड थियो । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । जसकारणले गर्दा नाफामा गिरावट देखिएको हो ।  बैकको खराब कर्जा अनुपात १.३२

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ४२ बजे