Logo

कर्पोरेट

कामना सेवा विकास बैंकको ३५ हजार ५३४ संस्थापक शेयर विक्रीमा


१८ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि ३५ हजार ५३४ संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकेको छ ।

 सो अवधिमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । असोज १८ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरुले असोज २१ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् ।

न्यूनतम ३५ हजार ५३४ कित्ताकै लागि आवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज २२ गते विहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नपर्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ०९ बजे