Logo

धर्म / संस्कृति

हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा


१७ आश्विन २०८१, बिहिबार  

92
Shares

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।

हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ११ : ०९ बजे