Logo

Breaking News 1

पृथ्वी राजमार्ग : झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटियाे



काठमाडाैं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि बेरपछि जानकारी हुने भएको छ ।

शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिडेको माइक्रो बस सहिलेसम्म सम्पर्कविहिन भएको बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २१ बजे