Logo

कर्पोरेट

५९.०२ अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ मा पुगेको हो ।

सोमबार ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

सोमबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ कारोबार भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ०४ बजे