Logo

कर्पोरेट

राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट फेरि २५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै आज देखि २५ अर्ब रुपैयाँ उठाउन लागेको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज २३ गते फिर्ता पाउनेछन् ।

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले न्युनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको हो ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्नेछ ।

चालु आर्थिक वर्ष बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । आर्थिक गतिविधिमा सुधार आउने र कर्जा प्रवाह बढ्ने आकँलन गरिरहेको बेला तरलता प्रवाह बढ्दै गएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ३३ बजे