Logo

अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो , हेरौँ कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । साताको  दास्रो दिन सुन चाँदीको  मूल्य  घटेको छ । आइताबार छापावला सुनको  मूल्य प्रतितोला एक लाख ५२  हजार ३  सय रुपैयाँमा  कारोबार भएको थियो भने आज  छापावाला  सुनको  मूल्यमा ३०० सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार  कायम भएको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ११ : ४३ बजे