Logo

मुख्य समाचार

१० जनामा हैजा सङ्क्रमण पुष्टि



काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो ।

पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : २६ बजे