Logo

Breaking News 1

बजार खुलेको २० मिटेटमा ४३ अंकले बढ्यो नेप्से



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बजार खुलेको २० मिनेटमा ४३ अंकले बढेको छ । उक्त अवधिमा २१८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ ।

२० मिनेटमा १.९९ प्रतिशतले बढेर २२४८.५० विन्दुमा पुगेको छ । उक्त अवधिमा एक अर्ब ३५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रि–ओपनिङ सेसनमा पनि ३४.७९ अंकले बढेको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ३८ बजे