Logo

Breaking News 1

पहिरोले घर पुरिँदा बागलुङमा एकजनाकाे मृत्यु



काठमाडाैं । पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङ नगरपालिका–७ तितौरेकी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ८ : १० बजे