काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले छैटौँ सफलता दिलाएका छन् ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट १२औँ ओभर बलिङमा आएका रोहितले चौथो बलमा विकेट लिएका हुन् ।
उनले बंगलादेशका अलराउन्डर साकिब अल हसनलाई एलबीडब्लूको धरापमा पारे ।जारी खेलको १२ ओभर सकिँदा बंगलादेशले ६ विकेट गुमाएर ६३ रन जोडेको छ ।
प्रतिक्रिया