Logo

समाचार

काठमाडौं महानगरसँगको द्वन्द्वले सरकारमाथि नै गम्भीर प्रश्न उठ्यो : सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिकासँग सरकारलाई समन्वय गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महानगरसँग समन्वय गरेर अघि बढ्नु सरकारको दायित्व भएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका र सरकारबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । तत्काल समन्वय होस् सरकारी पक्षले अहङ्कार , झगडिया कानून नबोकोस्, यसलाई समन्वय गर्नुपर्ने सरकारको दायित्व छ त्यसलाई पूरा गरोस् ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : ५२ बजे