काठमाडाैं । आज मिति २०८१ जेठ ८ गते मंगलबार २१ मे २०२४ । वैशाख शुक्लपक्ष त्रयोदशी तिथि १७ः१० बजेपछि चतुर्दशी । चित्रा नक्षत्र, प्रातः ५ः४२ बजेपछि स्वाती । चन्द्रराशि तुला ।
मेष 
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
वृष 
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। 
मिथुन
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। 
कर्कट 
ढंग नपुग्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तापनि दिगो योजनामा अघि बढ्न सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
सिंह
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सजिलै सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। 
कन्या 
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। थालेको काम पूर्ण नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। 
तुला 
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला। 
वृश्चिक 
सोख र स्वाभिमानले खर्च बढाउन सक्छ। भ्रमण र किनमेलमा अधिक खर्च हुनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। 
धनु 
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। 
मकर 
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 
कुम्भ 
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।
मीन 
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा पनि झमेला बेहोर्नुपर्ला। 

 
                                                                   
                    
                








 
                     
                     
                    
प्रतिक्रिया