Logo

कोशी

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र



धरान । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले धरानमा कोसी प्रदेशस्तरीय  कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नास्टका उपकुलपति डा. दिलीप सुब्बा र सचिव डा. रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गरे । 

त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसका निम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताए । 

नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै केन्द्र स्थापनाका लागि उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिए । साथै, उनले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ३४ बजे