काठमाडौं । संयुक्त राष्ट्रसंघकी यातना मामिला हेर्ने विशेष विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारे तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले इमरानमाथि भइरहेको व्यवहार यातना वा अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् । एडवड्र्सका अनुसार इमरान खानलाई सन् २०२३ सेप्टेम्बर २६ देखि रावलपिण्डीस्थित…