काठमाडौं । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो । रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएको हो । अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि…