Logo

मनोरञ्जन

शाहरुख खान हडबडाएको त्यो संवाद



मुम्बई । बलिउड अभिनेता शाहरुख खानको आइकनिक फिल्म ‘डर’ सन् १९९३ मा रिलिज भएको थियो । यो उनको करियरको सुपरहिट फिल्ममध्ये एक थियो । यो फिल्ममा रहेको शाहरुखले बोलेको संवाद ‘क…क…क…किरण’ आज पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेत्री जुही चावलाले ‘किरण’को भूमिका निर्वाह गरेकी थिइन् । शाहरुखको यो संवादले उनी रातारात चर्चित बने । शाहरुखको सिग्नेचर स्टेपसँगै उनको संवाद पनि उत्तिकै लोकप्रिय बन्यो । १३ वर्षपछि फिल्मका लेखक हनी इरानीले शाहरुखले साधारण शैलीमा यो संवादलाई किन बोल्न सकेनन् भन्ने कुराको खुलासा गरेका छन् ।

हनीले यो फिल्म जावेद सिद्दीकीसँग मिलेर लेखेका थिए । ‘यो फिल्ममा एक दृश्य थियो, जहाँ राहुल मेहरा(शाहरुख)को आमाको कार दुर्घटनामा निधन हुन्छ । राहुललाई आफ्नोको मृत्युको पछाडि उनका पिताको हात हुनसक्ने लाग्छ । त्यही बेला किरण(जुही चावला) प्रति उनको चासो बढी हुन्छ । उ जुहीलाई देख्दा केही बोल्न सक्दैन । केवल निरास मात्र हुन्छ’, हनीले भनेका छन् ।

हनीका अनुसार फिल्मको कथा लेखिरहँदा किरणप्रति राहुलको प्रेम देखेर उनलाई हडबडाउने संवाद दिने सोच आएको थियो । उनी जुहीको नाम ‘किरण’लाई बोलाउँदा शाहरुख हडबडाउने देखाउनुपर्ने थियो ।

‘मलाई लाग्यो कि जो युवक कुनै युवतीलाई धेरै प्रेम गरेपछि उसको अगाडि बोल्न हडबडाउँछ । त्यहीकारण के उसले युवतीको नाम सजिलै लिनसक्छ त ? किन उसको चरित्रमा केही नयाँपन नदिउँ ? यसपछि हामीले उसको नाम हड्बडाएर बोल्ने बनायो । जुन शाहरुखले बोलेका छन् । यो संवादलाई अहिले पनि धेरैले मनपराइरहेका छन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ११ बजे