काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउँदै व्यापार, आणविक ऊर्जा, रक्षा, विज्ञान तथा प्रविधिसहितका धेरै क्षेत्रलाई समेट्ने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका…