काठमाडौं । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन खेलाडी छनोट…