काठमाडौं । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना सवार एक यात्रुबाहक विमान बेपत्ता भएको छ। अंगारा एयरलाइन्सको एन–२४ विमान खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको अवस्थामा सम्पर्कविहीन बनेको हो। रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार, विमानमा पाँच बालबालिका र छ चालक दलसहित ४३ जना सवार थिए। रोयटर्सले आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै यात्रु संख्या करिब ४० रहेको जनाएको…