Logo

जापानमा ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बिहीबार जापानमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको हो । यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । भूकम्पबाट कुनै मानविय तथा ठूलो भौतिक क्षतिको समाचार आएको छैन ।