Logo

विश्व

रुस र भारतले हतियार व्यापार गर्ने, सम्झौतामा हस्ताक्षर



ऐजेन्सी : अब रुस र भारतले हतियार व्यापार गर्ने भएका छन्। रुस र भारतले व्यापार र हतियार सम्झौतामा हस्ताक्षर गरेसँगै दुवै मुलुकले हतियार व्यापार गर्ने भएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सोमबार रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको भारत भ्रमणको अवसरमा रुस र भारतको हतियार व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सो हस्ताक्षरपछि भारतले ६ लाख कलास्निकोभ असल्ट राइफलसहित अन्य हातहतियार उत्पादन गर्ने सीएनएनमा समाचार छ।

पुटिन रुसका रक्षामन्त्री र विदेशमन्त्रीसहित एकदिने भारत भ्रमणको लागि सोमबार भारत पुगेका थिए। सो भ्रमणको दौरान सैन्य हातहतियार र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको र पुटिनको  भारत भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध र प्राविधिक सहकार्यलाई मजबुत बनाउने बताइएको छ। सन् २०३१ सम्मका लागि गरिएको सो सम्झौताअनुसार मोदी र पुटिनले सन् २०२५ सम्ममा वार्षिक ३० विलियन डलर बराबरको व्यापार बढाउने प्रतिज्ञा गरेको बताइएको छ। 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ११ बजे