काठमाडौं । संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो। तीमध्ये, ७ करोड ८२ लाख बालबालिका त दीर्घकालीन द्वन्द्व र आपतकालीन कारण विद्यालय जानबाट वञ्चित रहेको संयुक्त राष्ट्र संघले जुन २१, २०२२…