कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी…