Logo

भारतमा एकै दिन १७ जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा एकै दिन १७ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ९ जना र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन भाइरस देखिएको हो ।योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको बताइएको छ…