Logo

मुख्य समाचार

चीनमा छिल्लो एक महिनामा मात्रै कोरोनाका कारण ६० हजारको मृत्यु



काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईका अनुसार चीनमा सुरु भएको पछिल्लो लकडाउन खुकुलो भएपछि सार्वजनकि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

ब्युरोले सार्वजनिक गरेको आँकडा त्यहाँका स्वास्थ्य संस्थामा भएको रेकर्ड हो । मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : २० बजे