काठमाडाैं । बोलिभियाको एक सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । भग्नावशेषबाट थप तीन सैनिकको शव फेला परेपछि मृतकको संख्या बढेको हो । राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भियाचा सहरस्थित सैनिक ब्यारेकमा शुक्रबार दुईवटा शक्तिशाली विस्फोट भएका थिए । रक्षा मन्त्रालयका अनुसार…