टोकियो । जापानी संसद्मा महिलाका लागि पर्याप्त शौचालय सुविधा उपलब्ध गराउन माग गर्दै तल्लो सदनमा औपचारिक निवेदन पेस गरिएको छ । यस महिनाको सुरुमा तल्लो सदनको नियम तथा प्रशासन समितिका अध्यक्ष यासुकाजु हामादालाई सत्तारूढ दलका ५८ महिला सांसदहरूले हस्ताक्षर गरेको निवेदन बुझाइएको हो ।निवेदनमा प्रधानमन्त्री सनाए ताकाइचीसहित करिब ६० महिला सांसदहरूको हस्ताक्षर छ । संसद्मा…