काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए । ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७ः३० बजे…