काठमाडौं — लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। लुम्बिनीलाई उपाधि दिलाउन निर्णायक अलराउन्ड प्रदर्शन गरेका रोहितले प्रतियोगिताका १० खेलमा २६७ रन बनाउनुका साथै १० विकेट लिएका थिए। सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले एक थान ओमोडा–जाइको जे–५ कार प्राप्त गरे। साथै, प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने…