काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले शानदार जीत दर्ता गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । लिभरपुलका लागि लुइस डियाजले २ गोल गर्दा मोहमद सलाहले एक गोल थपेका थिए ।…