काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा 'बागमती वारियर्स-बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५' बैशाख ५ र ६ गते राजधानीस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने भएको छ । बागमती प्रदेशभरिका उत्कृष्ट पावरलिफ्टरहरूबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता आगामी अगस्टमा काठमाडौंमा हुने एशियन पावरलिफ्टिङ प्रतियोगिताका लागि छनोटको आधार समेत हुनेछ । पुरुषतर्फ ५९…