जनकपुर । मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगित २०८१-०८२ को उपाधि सुदुरपश्चिम प्रदेश टिमले हात पारेको छ । जनकपुरधाममा तीन दिनदेखि जारी खेलको फाइनल खेलमा आज मधेश प्रदेश टिम र सुदुरपश्चिम प्रदेशबीच भिडन्त भएको थियो । सो क्रममा सुदुरपश्चिम प्रदेशका टिमले ३७ अंक प्राप्त गर्दै मधेश प्रदेशका टिमलाई १ अंकको अन्तरले पराजित गरेको छ ।…