काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा पहिलो जितको खोजीमा रहेको नेपालले शुक्रबार भुटानको सामना गर्ने भएको छ। नेपालले उद्घाटन खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दुवै टोली अंकविहीन छन्। खेल भुटानको थिम्पुस्थित चिङलिमिथाङ रंगशालामा साँझ ५:४५ बजे सुरु हुनेछ। अंक तालिकामा भारत र बंगलादेश समान तीन–तीन…