काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको पटाया जाँदै छ । अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सरोज तामाङ र…