काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ । राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो । नेपाल क्रिकेट संघ क्यानका…