काठमाडौं । झम्सिखेल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे । खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको…