काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग( एनपिएल ) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो । ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८।३ ओभरमा २ विकेट…